संजय दत्तका ३०८ गर्लफ्रेण्ड ! उनको बायोग्राफी ‘संजू’को टिजरमा खुले अनेक रहस्य (Video)

काठमाडौं । बलिउड स्टार संजय दत्तको बायोपिकको टिजर रिलिज भएको छ।

उनको बायोपिक ‘संजू’को टिजरमा उनको जीवनका अनेक रहस्य खुलेका छन् राजकुमार हिरानीले निर्देशन गरेको यो बायोपिकमा संजय दत्तको भूमिकामा रणवीर कपुर छन् ।

Advertisement

बायोपिकको टिजरमा जनाइएअनुसार संजय दत्तलाई डङग्सको लत थियो। यही कारण उनको फोक्सोले लगभग काम गर्नै छाड्ने अवस्था आएको थियो । उनका ३०८ गर्लफ्रेण्ड थिए।

उनी आफ्नो जीवनमा चार्टर्ड विमानमा पनि घुमेका छन् र बसको टिकटको लागि सडकमा भिख पनि मागेका छन्।

उनीसँग एके ५६ राइफल थियो । यस्तै अनेकौं रहस्य टिजरमा खुलाइएको छ । अन्य रहस्य बुझ्नको लागि भने फिल्म नै हेर्नुपर्ने बाध्यता टिजरले सिर्जना गरेको छ । हेर्नुहोस् टिजर –

More News last news
Loading...