काठमाडौं । नेपाली सांगीतिक दुनियामा पछिल्लो समय चर्चामा रहेकी गायिका सरु गौतमले आफ्नो जन्मदिनको अवसरमा ‘कुन गित गाउँ’ बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।
तारा पराजुलीको शब्द तथा भीम बीसीको संगीत रहेको उक्त गीतमा गायिका सरु गौतमको सुमधुर आवाज सुन्न पाइन्छ । गीतको भिडियो चर्चित नायिका संचिता लुइटेल तथा चर्चित मोडल नयन डिसीको अभिनय देख्न सकिन्छ ।
भिडियोमा नयन र संचिताको प्रेम रोमान्स देख्न पाइन्छ । डिसीले यसअघि पनि थुप्रै भिडियोमा अभिनय गरिसकेका छन् ।
डिसीले स्वयमले निर्देशन गरेको भिडियो उत्सब दाहालले छायांकन गरेका छन् ।
भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
