काठमाडौं । कमलपोखरी स्थित सेमरक श्रीयन्त्र प्रि–स्कुलले एक कार्यक्रमका बीच आफ्नो चौथो बार्षिक उत्सव मनाएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा विद्यार्थीले गीत, नाटक, नृत्य लगाएतका बिभिन्न सांस्कृतीक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कक्षा नर्सरी र प्लेगुप्रका स–सना भाइवहिनीहरुले प्रस्तुत गरेको स्वागत नृत्य, राइम्स लगायतका प्रस्तुतीलाई अभिभावकले निकै मनपराए ।
आफ्ना छोराछोरी स्टेजमा बढो आत्मविश्वासले प्रस्तुती दिईरहेको देख्दा अभिभावहरु दंग र खुशी देखिन्थे । कक्षा यु.केजी. का विद्यार्थीहरुलाई गरिएको दिक्षान्त समारोहले कार्यक्रम लाई थप रोचक बनाएको थियो ।
बिद्यार्थीहरुको शैक्षिक, सृजनात्मक र नेतृत्व विकासकोे अभिवृद्धि नै कार्यक्रम आयोजनाको मुल उद्देश्य रहेको बिद्यालयकी सञ्चालीका सिमा उपाध्यालले बताईन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
