प्रथम ग्रामीण आइडल प्रतियोगिता २०७४ भव्य रुपले सम्पन्न भएको छ । तारकेश्वर ग्रामीण विद्यार्थी समाजद्धारा ग्रामीण आर्दश बहुमुखी क्याम्पस, नेपालटारमा सञ्चालित सो प्रतियोगिताबाट राम बहादुर गुरुङ आईडलको रुपमा स्थापित भएका छन् । यस्तै गरि फस्ट रनरको उपाधी सारमनश्री ल्वागुन र सेकेण्ड रनरको उपाधी शुक्रराज तामाङले हासिल गरेका छन् । सो प्रतियोगितामा वरिष्ट गायक तथा संगीतकार अविनास घिसिङ, मुकेश शाही र गायक मदन थापा जर्जका रुपमा रहेका थिए । सो कार्यक्रम काठमाडौं क्षेत्र नं ६ का माननीय सांसद भीमसेनदास प्रधानको प्रमुख आतिथ्यता र तारकेश्वर ग्रामीण विद्यार्थी समाजका अध्यक्ष मातृका प्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा आफनो भनाई राख्ने क्रममा कार्यक्रमका सभापति एवं आयोजक संस्थाका अध्यक्ष मातृका प्रसाद उपाध्यायले प्रथम ग्रामीण आईडल प्रतियोगिताले ग्रामीण आर्दशमा अध्ययनरत विद्यार्थीहरुको क्षमता पहिचान भएको बताए । उनले थप्दै भने, यो कार्यक्रम सफल बनाउँन धेरै सहयोगी हातहरुले साथ दिएको र जसमा पनि आयोजक संस्थाका सदस्यहरु दिपक पाठक, सर्माट रावत, विकास खनाल, सौगात अधिकारी, जनक सिम्खेडा, गौरव नेपाल, राज अधिकारी, रोशन कार्की लगायतका व्यक्तिहरु सक्रिय रुपमा खटेकाले उनीहरलाई धन्यवाद समेत दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)