डोटी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेलामा भट्टले छोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् ।
देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला मुख्यमन्त्री भट्टले विद्यालय पुगेर छोरीलाई प्रदेशको अस्थायी राजधानी धनगढीको उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा बुधबार भर्ना गरेका हुन् ।
छोरी पुष्पालाई कक्षा ८ मा भर्ना गर्न बुधबार बिहान साढे ८ बजे विद्यालय पुग्नु भएका मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरुले आफ्ना छोराछोरी भर्ना नगरेसम्म गुणस्तर बृद्धि नहुने बताए । गरिबी हटाउन पनि छोराछोरी पढाउनै पर्ने बताउँदै मुख्यमन्त्री भट्टले प्रदेश ७ मा शैक्षिक समानता सहितको शिक्षा नीति बनाउन सरकार लागि परेको जानकारी दिए ।
मुख्यमन्त्री भट्टका दुई छोरी र एक छोरा मध्ये जेठी छोरी लक्ष्मी डोटीको देवस्थल मावि फलेडीमा कक्षा १० मा अध्ययनरत छिन् भने छोरा विकास सुजङ्ग उमावि राजपुरबाट कक्षा ११ को परीक्षा दिने तयारीमा छन् ।
मुख्यमन्त्री भट्टले आफ्नी छोरी सरकारी स्कूलमा भर्ना गराएर लोकप्रिय मात्र बन्न खोजेका हुन् उनले अब सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीय पनि बढाउलान त्यो भने हेर्न बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
