काठमाडौं । नेपाली काँग्रेस संसदीय दल प्रतिनिधिसभाको सचेतकमा पुष्षा भुसाल गौतम चयन भएकी छिन् ।
नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले दलको विधानको धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई प्रतिनिधिसभाको सचेतकमा मनोनयन गरेका हुन् ।
यसअघि नेपाली काँग्रेस संसदीय दलको मुख्य सचेतमा बालकृष्ण खाणलाई मनोनयन गरिसकिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
