सिम्पल खनालसँग छुट्टिएका निर्देशक पौडेलको सृष्टिसँग कसे लगनगाँठो

काठमाडौँ । निर्देशक प्रसन्न पौडेल दोश्रो विवाह बन्धनमा बाँधिएका छन् । निर्देशक पौडेलले सर्लाही निवासी सृष्टि खतिवडासँग लगनगाँठो कसेका हुन् ।

बैशाख ४ गते काठमाडौंको राम मन्दिरमा हिन्दु परम्परा अनुसार प्रशन्न र सृष्ट्रिको विवाह भएको हो । मोडल सिम्पल खनालसँग बिहे गरेका निर्देश पौडेलका यो दोश्रो विवाह हो ।

Advertisement

सिम्पलसँग उनको धेरै वर्ष अगाडी सम्बन्ध विच्छेद भैसकेको छ । फिल्म ‘स्वर’ का डेव्यु निर्देशक पौडेलले ‘मेरो वेस्ट फ्रेन्ड’ निर्देशन गरेका छन् ।

र अर्को फिल्म ‘कमलेको बिहे’ प्रदर्शनको क्रममा छ । प्रशन्न विशेषतः म्युजिक भिडियो निर्देशनमा जमेका निर्देशक हुन् ।

More News last news
Loading...