विरोध तथा प्रदर्शन कार्यक्रमको दायरा तोकेपछी नेविसंघ अान्दाेलित

काठमाडौं :  निश्चित क्षेत्रमा मात्र विरोध तथा प्रदर्शनको कार्यक्रम गर्न पाइने जिल्ला प्रशासन कार्यालयले तोकेपछि नेपाल विद्यार्थी संघले विरोध गरेको छ।

‘नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ, यो त शाहीकालको भन्दा कडा निर्णय भयो, निश्चित स्थानमा प्रदर्शन गर्ने कुरा हामि मान्दैनौं’ नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्टले भने।

Advertisement

गत आइतवार  सुचना जारी गर्दै काठमाडौंका सात स्थान मात्र विरोध तथा प्रदर्शनको लागि तोकेको छ। खुल्लामञ्च, तीनकुने, भूइँखेल चौर पाउँ, भगवान पाउ, पेप्सीकोला खेलकुद मैदान, सानो गौचरन मैदान, लैनचौर अगाडिको खुल्ला मैदान र सिफल चौरमा आन्दोलन गर्न तोकिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। गृहमन्त्रालयबाट जारी गृह सुधार कार्ययोजना अनुसार प्रर्दशनका लागि स्थान तोकिएको प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ।

हाल काठमाडौंको माइतीघर मण्डलामा सबैभन्दा धेरै विरोधका कार्यक्रम हुने गरेको छ। यो नियम वैशाख १६ बाट लागू हुनेछ।  निषेधित क्षेत्र विरुद्ध १६ गतेदेखि  चरणबद्ध आन्दोलनको घोषणा गरेको नेविसंघका महासचिव  कुन्दनराज काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

More News last news
Loading...