नेपालकै कारण भारु साटिएन, प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक रुपमा कुरा नै उठाइएन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र एक हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ।

प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो ।

Advertisement

यसअघि भारत भ्रमणमा जानुअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दावी पनि गरेका थिए।

प्रमको भ्रमणमा समेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ।

भारतका अर्थमन्त्री अरुण जेटली बिरामी भएका कारण यो विषयमाथि छलफल नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन्। – कान्तिपुर दैनिकबाट

More News last news
Loading...