रक्सी पिएर घर फर्किएका महेन्द्रको भिरबाट लडेर मृत्यु

भोजपुर । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ।

सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो।

Advertisement

नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनास्थल सदरमुकामबाट टाढा रहेकाले शवलाई परीक्षणका लागि जिल्ला ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने भएको प्रहरीको भनाइ छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

More News last news
Loading...