मातातिर्थ औँशीमा नयन सहकारी लेखनाथद्वारा खाद्यन्न सामग्री वितरण

कविराज खनाल

लेखनाथ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२, लामेआहालमा रहेको राधाकृष्ण मन्दिर वृद्ध आश्रममा मातातिर्थ औसी (आमाको मुख हेर्ने दिन) पारेर नयन वचत तथा ऋण सहकारी संस्था लि. पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ अर्घोले आश्रममा रहेकका वृद्ध वृद्धालाई खाद्यन्न सामाग्री वितरण गरेको छ।

Advertisement

आश्रममा रहेका करीव पचास जना भन्दा वढी वृद्ध वृद्धालाई नयन वचत तथा ऋण सहकारी संस्थाले छैटौ वार्षिक उत्सवको कार्यक्रम अन्तरगत सामाजिक गतिविधिमा दायित्व र मानव कल्याणका लागि भन्ने उद्देश्यले आश्रममा रहेका वृद्ध वृद्धालाई फलफूल, लत्ता कपडा र खाद्यन्य सामाग्री वितरण गरेको हो।

कार्यक्रमका प्रमूख वृद्ध आश्रमका अध्यक्ष प्रेम लिगलले सेवा नै धर्म भएकाले आश्रममा रहेका बुवा आमा जेष्ठ नागरीकलाई के कहाँ दुःख कष्ठ परेको छ । समाजमा सामाजिक कार्यमा सहभागी भएर समाजमा भएका महिला वाल बालिका र वृद्ध वृद्धालाई सहयोग गर्नु नै मानविय धर्म भएकाले समाज सोचवाट परिवर्तन गर्न सकिने कुरामा जोड दिदै विभिन्न सामाजिक संस्थाको सहयोगले नै राधाकृष्ण मन्दिर वृद्ध आश्रम अगाडी वढेको वताए।

सोही अवसरमा संस्थाका कोषाध्यष शिववहादुर थापाले महत्व पुर्ण दिनको अवसर पारेर वृद्ध वृद्धालाई खाद्यन वितरण गर्नाले मानव कल्याण हुने र मनमा शान्ति मिल्ले कुरा वताए।

नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका शिक्षा संयोजक दामोदर सापकोटाले स्वागत मन्तव्य गरेका थिए भने संस्थाका सचिव शिवहरी सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।

More News last news
Loading...