बाम सरकारले लगायो प्रदर्शनमा रोक, यी ७ स्थानमा मात्रै नारा जुलुश गर्न पाईने

काठमाडौं । विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ ।

वैशाख १६ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाठौंले सहरका ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो ।

Advertisement

सडकमा विरोध प्रदर्शन हुँदा ट्राफिक जाम बढ्ने, सवारी आवागमनदेखि महत्वपूर्ण कार्यमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्यकीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएको हो ।

आइतबार बसेको सुरक्षा समितिको बैठकबाट काठमाडौंमा निषेधित क्षेत्र बढाउँदै असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रदर्शन गर्न पाइने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौंको खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शन स्थल तोकिएको हो । –नागरिक दैनिकबाट

More News last news
Loading...