१२ डिग्री उकालो नचढे कुनै पनि विद्युतीय सवारी दर्ता नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले १२ डिग्री उकालो नचढे कुनै पनि विद्युतीय सवारी दर्ता गर्दैन।

सवारी परीक्षण केन्द्र टेकुले विद्युतीय सवारीको उकालो चढ्ने क्षमता परीक्षण गर्न कपनस्थित सेतो गुम्बाको उकालो चढाउने गर्छ।

Advertisement

देशका सबै राजमार्ग र सडक निर्माणको राष्ट्रिय मापदण्ड भने १० डिग्रीभन्दा बढी उकालो हुन नहुने भए पनि विभागले १२ डिग्री उकालो चढ्ने विद्युतीय सवारीमात्र काठमाडौंका सडकमा गुड्न लायक मान्छ र दर्ता गर्छ। – अन्नपूर्ण पोस्ट दैनिकबाट

More News last news
Loading...