कविराज खनाल
शुक्लागण्डकी, तनहुँ । नयाँ वर्ष २०७५ को अवसरमा आयोजना भएको प्रथम भूजिकोट उकालो दौड प्रतियोगिता सम्पन्न भएको छ।
भैरव युवा क्लव शुनपा २ भूजीकोटले पर्यटयिक सम्भावन युक्त क्षेत्रमा भूजिकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउने उदेश्य सहित आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो।
प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका १२ फिरफिरेका सुक बहादुर गुरुङ्ग विजयी भएका छन् । ३० वर्ष माथि उमेर समुहका १ सय ५४ जना पुरुषहरुहरुलाई पछि पार्दै गुरुङ्गले नगद १० हजार प्राप्त गरे।

उनले मिनेट ५४ मिनेट ३३ सकेन्डमा कोत्रे देखी भुजिकोट भ्यू टावर सम्मकको ६ किलोमिटरको दुरी पार गरेका थिए। साथै प्रतियोगितामा शुक्लागण्डकी ४ दुलेगौडाका कुमार थापा द्धितीय र कर्ण बहादुर गुरुङ्ग तृतीय हुन सफल भएका छन्। उनीहरुले क्रमश ७ हजार र ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरे।
“स्वास्थ्यको लागी दौडौ, विकासको लागी दौडौ” भन्ने नारा सहित क्लवको आयोजना गरेको उकालो दौड प्रतियोगितामा पृथ्वीराज मार्गको कोत्रे वजार देखि भुजिकोट सम्मको ६ कि.मि. दुरी दौडमा ३० जना महिलाहरुलाई पछि पार्दै शुक्लगण्डकी ६ खैरेनीटारकी विष्णु लामिछाने प्रथम भएकी छन्।
उनले उक्त दुरी १ घण्टा ९ मिनेट ४६ सेकेण्डमा पार गरेकी थिइन्। विजेत लामिछानेले नगद ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरिन् । १८ वर्ष माथि उमेर समुहका महिलाहरु विच भएको प्रतियोगितामा शुक्लागण्डकी २ ताकुडाँडाकी दिपा तिवारी द्धितीय र सोही वडा स्थित गाछेपानीकी सिता खत्री तृतीय हुन सफल भइन्। उनीहरुले क्रमस : ३ हजार र २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरे।

शुक्लागण्डकी नगरपालिका वडा न २ को सह आयोजना भएको प्रतियोगितामा भारत सँगै छिमेकी जिल्लाहरु चितवन, स्याङ्जा, कास्की लगायतबाट समेत धावकहरुको सहभागीता रहेको थियो।
उक्त प्रतियोगितामा धावकको रुपमा सहभागी भएको गाछेपानीका ८० वर्षिय नारायणधर कुवर तथा महिला तर्फ ७० वर्षिया चन्दीमाया रानालाई समेत सम्मानित गरिएको छ। प्रतियोगितामा स्वस्थ्य रहनको लागी दौडनु पर्ने सन्देश प्रवाह गरेको भन्दै उनीहरुलाई नगद सहित आयोजकले सम्मान गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
