मोटरसाईकल र ट्याक्टर ठोक्किँदा २ को मृत्यु, ७ जना घाइते

विराटनगर । मोरङमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बेग्लाबेग्लै घटनामा ७ जना घाइते भएका छन् ।

बेलबारीमा को १२ प ४६५९ नम्बर मोटरसाइकललाई को १ त ९९१० नम्बर ट्रयाक्टरले ठक्कर दिंदा ताप्लेजुङको मैवाखोलाका १७ वर्षीय मिसत लिम्बूको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल चालक मोरङको सुन्दर हरैंचा नगरपालिकाका १६ वर्षीय पवन राई र त्यसैमा सवार संगीत राई घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसैगरी पथरी शनिश्चरे नगरपालिकामा रोकिराखेको को २ त २४५९ नम्बर ट्रयाक्टरमा ठोक्किंदा को १३ प ७७२९ नम्बर मोटरसाइकल चालक स्थानीय हरिबहादुर केसीको मृत्यु भएको छ । पछाडि सवार हेमराज खड्का घाइते भएको प्रहरीले जनाएको छ ।

रंगेलीमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय तीन वर्षीया जेसिका अधिकारी घाइते भएकी छन् । यस्तै ग्रामथान गाउँपालिका ७ मा को ९ प ५६९२ र को २७ प २०४९ नम्बर मोटरसाइकल जुध्दा चन्दन विश्वास, निलम लिम्बू, सञ्जीव चौधरी र अमृत बझारु चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

More News last news
Loading...