काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीको हैसियतमा पाएका सबै सुरक्षाकर्मी सरकारलाई फिर्ता गरेका छन्।
शान्ति प्रक्रियामा आएसँगै सुरक्षा घेरमा रहँदै आएका डा। भट्टराईले आज बिहीबार औपचारिक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकुडीलाई बिदाई गरेका हुन्।
भट्टराईलाई नयाँ शक्ति गठन गर्नुभन्दा अगाडि सरकारले माओवादीको उच्च नेतृत्वको हैसियतमा सुरक्षा प्रदान गर्दै आएको थियो।
पछिल्लो समय भट्टराईको सुरक्षामा सरकारले २९ जना सुरक्षाकर्मी खटाउँदै आएको थियो।
हाल भट्टराईको सुरक्षाका लागि नेपाल प्रहरीबाट १० र सशस्त्र प्रहरीबाट १९ जना गरी २९ जना सुरक्षाकर्मी तैनाथ थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
