आईजीपी अर्यालसहित २६ वरिष्ठ प्रहरी अधिकृतको बिदाइ

काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित २५ प्रहरी अधिकारीको बिदाइ भएको छ। बुधबार ३० वर्षे सेवाअवधिका पुरा गरेको अवसरमा आईजीपी अर्यालसहित एकसाथ २६ जना प्रहरी अधिकारी बिदा भएका हुन्।

बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उच्च प्रहरी अधिकारीलाई निवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले विदाई गरे।

Advertisement

खनालले आईजीपी अर्यालसँगै १५ एआईजी, ९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई बिदा गरेका हुन्।

३० वर्षे सेवाअवधिका कारण बुधबार अवकास पाउने एआईजीमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, विजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पञ्कज श्रेष्ठ र पशुपति उपाध्याय छन्।

त्यसैगरी बिदाइ भएका डीआइजीमा गोविन्दप्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमान सिंह भण्डारी, रमेशकुमार भट्टराई, भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द रंजित रहेका छन्। सँगै एसएसपी विष्णुहरी गौतम बिदाइ भएका छन्।

खनालले आइजिपीको फूलो भोलि लगाउने कार्यक्रम तय भएको छ।

 

More News last news
Loading...