प्रचण्ड एका-एक बिरामी, एमाले-माकेको बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकाएक बिरामी परेका छन् । प्रचण्ड बिरामी हुँदा नेकपा एमाले र माकेको पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेन ।

बुधबार बेलुका ५ बजे बैठक बोलाइएको थियो तर प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

Advertisement

आजको बैठकमा एकतामा बाधक भएका विषयहरुमाथि गम्भीरतापूर्वक छलफल हुने र नेताहरु सहमतिको नजिक पुग्‍ने अनुमान गरिएको थियो ।

More News last news
Loading...