कविराज खनाल/नयाँ पुस्ता
पोखरा । पोखरा लेखनाथ महानगर पालिकाको लेखनाथमा रहेको ङयोए तमु धिं लेखनाथले भारतीय राजदुतावासका प्रथम सचिव एवं भारतीय सास्कृतिका निर्देशक रोशन लेप्चाको प्रमुख आतित्थ्मा विविध धुमधामका साथ ट्यो त्हेँ पर्व मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भारतीय राजदुतावासका प्रथम सचिव एवं भारतीय सास्कृतिका निर्देशक रोशन लेप्चाले सवैलाई ट्यो त्हे पर्वको सुभ कामना दिदै सास्कृति, भाषा, जाती र इतिहासले नै आफनो पहिचान दिने भएकाले यही संस्कृतिलाई कसरी वचाउने जर्गेना गर्ने काम नै हाम्रो दायित्व हो ।

हामीले भावी सन्तानलाई दिन सक्ने कुरा नैै जाती, भाषा, सास्कृतिक र इतिहास नै हो । त्यसैले आफनो भाषा, सांस्कृति र परम्परा जोगाउन, वचाउन र संरक्षण गर्ने कुरामा जोड दिदै लेप्चाले नेपाल र भारत एक आपसमा भाषा र सस्कृतिले जोडिएका देश हुन र सम्वन्ध पनी पुरानो छ । यही सम्वन्धलाई कायम गरी दुवै मुलुक अगाडी वढनु पर्ने शुझाव दिएका थिए ।

सोही अवसरमा रमाथा टेलिभिजनका अध्यक्ष एवं वरिष्ठ समाज सेवी निर्मल गुरुङ्ग. नेपाल र भारत एक आपसमा घनिष्ठ सम्वन्ध यिनै सस्कृतिले र हाम्रा भुपु सैनीकले जोडेको छ । यही संम्वन्धलाई कामय गर्ने सवै नेपाली असल मानिस भएमा छिमेकी सँग असल व्यवहार गर्न सकिने हुँदा समाज वौद्धिकताको विकासले नै समाज अगाडी वढने छ गुरुङ्गको जोड रहेको थियो ।

गुरुङ्ग समुदायले चैत्र महिनाको अन्तिम मंगलवार मनाउने ट्यो त्हेँ तथा ( उभौली) पर्वको आफनै महत्व रहेको छ । परापुर्वकालमा राज्य वाट सत्रुलाई धपाउन दलवलको प्रयोग गरिन्थ्यो सवै जना मिलि गाउँ तथा राज्यवाट वैरी धपाउन दलवलको प्रदर्शन गरिने गुरुङ्ग समुदायको पौराणिक पराम्परा हो टयो त्हेँ पर्व ।

हाल आएर समाजमा रहेको विकृति र विसंगती हटाउन मान्यताका साथ ट्यो त्हे पर्वले स्थान पाउँन थालेको छ । र विगत वर्ष देखि कास्की र यस वरपरका जिल्लाहरुमा पनि यस पर्वको महत्व झन वढेर गएको पाइन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
