कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य तलमाथि भएको छैन । आज पनि सुन ५७ हजार ९ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुनको यो मूल्य विगत चार दिनदेखि यथावत छ।

त्यस्तै, आज चाँदीको मूल्य थपघट भएको छैन । आज पनि चाँदी सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको छ । चादीको मूल्य पनि चार दिनदेखि तलमाथि नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

More News last news
Loading...