आईजीपीको टुंगो लगाउन सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । गृह मन्त्रालयले समिति निर्माण गर्दै महानिरीक्षक सिफारिसका लागि प्रक्रिया अघि बढाएको छ। आईजीपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक अहिले विहान बस्दैछ।

यसअघिको जस्तो विवाद ननिम्तोस् भनेर यसपटक नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिका लागि सिफारिस गर्न एक अधिकारप्राप्त समिति निर्माण गरिएको छ । यद्यपि, महानिरीक्षक सिफारिसका लागि समिति गठन हुने व्यवस्था छैन ।

Advertisement

आज बिहान साढे नौ बजे बस्ने मन्त्रीपरिषद्को बैठक अगावै बस्न बढुवा सिफारीस समितिको बैठक बस्न लागेको हो। समितिले बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङकन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाएको छ।

सरकारले सक्षम देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने प्रावधान छ। नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

नेपाल प्रहरीमा आईजीपीसँगै प्रशासतर्फका सबै एआईजीले पनि अवकाश पाउँदैछन्। त्यसकारण डिआईजीबाट सिधैं आईजीपीमा बढुवा गर्नुपर्ने प्रावधान अनुसार आइजीपी नियुक्तिका लागि तयारी भइरहेको छ ।

नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आइजीपीका आंकाक्षी छन् । त्यस्तै, सशस्त्र प्रहरीमा बरिष्ठ एआईजी शैलेन्द्र खनाल आइजीपी बन्ने लगभग निश्चित छ ।

More News last news
Loading...