नक्कली कागजात बनाई सुरेन्द्रबहादुरले चलाए १० क्यासिनो, ‘रोयल र सिंहको भाडाविवादको पेसी आज’

रोशन कार्की

काठमाडौं ।  सरकार र क्यासिनो सञ्चालकबीच लामो समयदेखि रोयल्टी बक्यौता चुक्ता गर्न ताकेता गरेदेखि विभिन्न बहाना देखाएर राजस्व नबुझाउने क्यासिनो सञ्चालकहरुले विना अनुमति मिनी क्यासिनो सञ्चालन गरेको भेटिएको छ ।

Advertisement

नेपाल सरकारसँग एउटा मिनी क्यासिनो सञ्चालन गर्न अनुमति लिने र सोही अनुमतिलाई टाँसेर १० वटासम्म क्यासिनो सञ्चालन गरेको पाइएको हो । नक्कली कागजात बनाएर सुरेन्द्रबहादुर सिंहले किर्ते गरी १० वटा मिनी क्यासिनो सञ्चालन गरेको आरोप लागेको छ ।

सिंहले सरकारसँग एक मिनी क्यासिनो सञ्चालन गर्न दिएको अनुमतिपत्रमा एकपछि शून्य थपी दश बनाई दशवटा मिनी क्यासिनो सञ्चालनको अनुमति कागज बनाएको सिंहनिकट स्रोतले जनाएको छ । सिंहले सञ्चालन गरेको मिनी क्यासिनोहरुमध्ये एकको मात्र राजस्व तिरी अरुको राजस्व नतिरी राज्यलाई ठग्दै आइरहेका छन् । राज्यलाई भने उनले अहिले एउटा मात्र मिनी क्यासिनोको ट्याक्स तिरेर राज्यलाई समेत ठग्दै आइरहेका छन् ।

यसैबीच, क्यासिनो रोयल र याक एण्ड यति होटलको भाडाको विषयमा परेको मुद्दा क्यासिनोको पक्षमा फैसला गराउन पनि सिंहले शक्तिकेन्द्र धाएका थिए । अहिले सो मुद्दालाई प्रधानन्यायाधीशले फैसला नगरी संवैधानिक अदालतमा पेस गरिदिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले सो मुद्दा क्यासिनोको पक्षमा फैसला गर्दा आफू विवादमा तानिने भएका कारण फैसला नै नगरी संवैधानिक अदालतमा पठाइदिएको अदालत स्रोतको भनाइ रहेको छ । अहिले प्रधानन्यायाधीशबाट पराजुलीले राजीनामा दिइसकेका छन् ।

सो मुद्दाको पेसी चैत २६ गते तोकिएको छ । सो मुद्दालाई जसरी पनि क्यासिनोको पक्षमा फैसला गराउन कलंकीस्थित एक न्यायाधीशको घरमा सिंहले क्यासिनोको गाडी प्रयोग गरी बिचौलिया पठाउने गरेको अरोप लागेको छ । उनले कलंकीस्थित पेट्रोल पम्पमा गाडी राखेर आप्mनो पक्षमा फैसला गराई दिन भन्दै भेट्ने गरेका छन् ।

बिचौलियामार्फत ती न्यायाधीशलाई आफ्नो पक्षमा मुद्दा फैसला गराउन विभिन्न शक्तिकेन्द्रमा समेत धाएका छन् । क्यासिनोका धूर्त स्वभावका सुरेन्द्र बहादुर सिंहले रोयल क्यासिनो सञ्चालनमा असफल बन्नथालेपछि जसरी पनि क्यासिनो बिक्री गर्न बिचौलियाहरु लगाउनथालेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार सिंहले रोयल क्यासिनो जति आए पनि बिक्री गर्ने मुडमा रहेको उनीनिकट स्रोतले जनाएको छ । यसैबीच, क्यासिनोमा काम गर्ने मजदुरहरुलाई सञ्चालक सुरेन्द्र बहादुर सिंहले सहमतिअनुसार दिनुपर्ने सेवासुविधा, कर्मचारीबाट कटाएको राजस्व, सञ्चय कोषलगायत कट्टा गरेको रकम सम्बन्धित ठाउँमा नबुझाई सिंह आफैँले लिने गरेको मजदुरहरुको अरोप रहेको छ ।

सो कुरा थाहा पाएका मजदुरहरुले त्यसको विरोध गर्दा विरोध गर्ने मजदुरहरुलाई जागिरबाटै निकाली दिने गरेपछि त्यसको विरोधमा माओवादी समर्थित युनियनले सिंहलाई थ्रेट नै दिएको थियो ।

माओवादी मजदुर युनियनले प्रेस विज्ञप्ति नै जारी गरी बर्खास्त गरिएका मजदुरहरुलाई पुनर्बहाली गर्नुपर्ने, रोजगारी दिनुभन्दा अगाडि गरिएको सहमतिअनुसार दिनुपर्ने सेवासेविधा उपलब्ध गराउनुपर्ने त्यसो नभए युनियनले मजदुरहरुको हकहितका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको भए पनि सिहले मजदुरको मागलाई बेवास्ता गर्दै बसेका छन् ।

राष्ट्रिय ट्रेड युनियनलाई समेत जानकारी गराएको छ । मजदुरहरुले अवकाशपछि पाउनुपर्ने सेवासुविधाहरुमा ६०—४० बनाई ४० प्रतिशतमा पनि १५ प्रतिशत ट्याक्स भन्दै २५ प्रतिशतका दरले मात्र रकम दिने गरेको छ ।

नेपालभर सञ्चालन क्यासिनोहरु २०७० को नियमावलीअनुसार सञ्चालन हुँदै आइरहेका छन् । तर, धूर्त स्वभावका सुरेन्द्र बहादुर सिंहले घरबेटीसँग भाडाको विषयलाई लिएर परेको मुद्दामा अदालतलाई नै प्रभावमा पार्दै करिब तीन वर्ष अगाडिदेखि ‘स्टे अर्डर’ लिँदै क्यासिनो रोयल र अन्य मिनि क्यासिनो सञ्चालन गर्दै आइरहेका छन् ।

सिंहले न्यायालयलाई समेत चुनौती दिँदै पैसाकै आडबलमा अहिले ‘स्टे अर्डर’कै भरमा धमाधम क्यासिनोहरु सञ्चालन गर्दै आइरहेका छन् । क्यासिनो रोयल भाडाको विषयलाई लिएर विवाद परेपछि सिंहले बिचौलियामार्फत विभिन्न शीर्षकमा एक करोड ७९ लाख रुपैयाँ खर्च गरेको आरोप समेत लागेको छ । यस सम्बन्धमा पटक–पटक रोयल क्यासिनोमा सम्पर्क गर्दा आधिकारिक व्यक्ति कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको स्वामित्वमा रहेको गिल्स कम्पनीद्वारा सञ्चालित रोयल क्यासिनो सञ्चालन गर्न कर्मचारी, घर भाडालगायत सम्पूर्ण आर्थिक कारोबार व्यहोर्ने गरी सुरेन्द्र बहादुर सिंहलाई पासै गरी राजबहादुरले रोयल क्यासिनो सुम्पिएका थिए । विवादित छवि भएका सुरेन्द्रबहादुरले सो कम्पनी आफ्नो नाममा आएपछि कर्मचारीहरुलाई सरकारी नियमअनुसार दिनुपर्ने सेवा सुविधा र घरभाडा मिनाहा गराइपाऊँ भनी उल्टो मुद्दा हाली कर्मचारी र घरमालिकलाई तीन वर्ष अगाडिदेखि ठग्दै आइरहेका छन् ।

सिंहले मुद्दा हाली घरभाडा र कर्मचारीहरुले पाउनुपर्ने सेवा सुविधाबापतको करोडौं रुपैयाँबाट काठमाडौंमा मात्र तीनवटा महल बनाएको आरोप मजदुरहरुको रहेको छ । उनको स्रोत नखुलेको अकूत सम्पत्तिबारे सम्पत्ति शुद्धीकरणमा सिंहको मुद्दा विचाराधीन अवस्थामा नै छ । सिंहले यसरी कमाएको अकूत सम्पत्ति नक्कली ऋणी खडा गरी सम्पत्ति शुद्धीकरणमा बयान समेत दिएको स्रोतको दाबी छ ।

याक एण्ड यति होटलका मालिकले घरभाडा र विद्युत् महसुलसमेत नतिरेका कारण विद्युत् प्राधिकरणमा निवेदन दिई बत्ती काट्न लगाएका थिए । तर, सिंहले विद्युत् प्राधिकरणका भ्रष्ट कर्मचारीहरुलाई प्रभावमा पारी अर्को बेग्लै मिटर जडान गरेका छन् ।

जुन घरमा मिटर जडान गर्ने हो, त्यो घरको लालपुर्जा र घर मालिकको अनुमति लिनुपर्ने प्राधिकरणको नियम छ । तर, पैसा र पावरकै आडबलमा सिंहले याक एण्ड यति होटल मालिक राधेश्याम सराफको न अनुमति लिएका छन्, न त लालपुर्जा नै पेस गरेका छन् ।

तै पनि सिंहले पावर र पैसाकै आडबलमा कागजी डकुमेन्टसमेत पूरा नगरी बत्ती जोड्न सफल बनेका छन् । गलत कानुनविपरीत कार्य गर्नेलाई ठाउँको ठाउँ ठीक पार्न नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको छ । तर यस्तो घटना सार्वजनिक भइरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सो मुद्दालाई कुनै चासो देखाएको छैन ।

सिंहले सरकारी नियमअनुसार कर्मचारीले पाउनुपर्ने सुविधा र घरभाडा मिनाहा गराइपाऊँ भनी मुद्दा बिचौलियाको रुपमा नारायण दाहाललाई खटाएर दर्ता गरेको बुझिएको छ । अहिले सो मुद्दा सर्वोच्च अदालतबाट पनि संवैधानिक अदालतमा पुगेको छ ।

यो मुद्दाको पेसी चैत २६ गते सोमबार तोकिएको छ । यदि यो मुद्दा सिंहको पक्षमा फैसला भएको खण्डमा न्यायालयमा समेत कालो धब्बा लाग्ने न्यायालयकै विशेषज्ञहरुको भनाइ छ ।

More News last news
Loading...