काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण सकेर आज स्वदेश फर्कंदै छन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्कने छन् । स्वदेश फर्कनुअघि ओलीले उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।
जहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गरिनेछ ।
ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
