वुटवल । रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ ।
बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो । बिहान ४ बजेदेखि दन्किएको आगो नियन्त्रण बाहिर छ । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दुई ओटा दमकलले प्रयास गरिरहेका छन् ।
बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ ।
भाटभटेनी सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
