जेल परेका सलमान खानलाई धरौटीमा रिहा गर्न आदेश

मुम्बई । बलिवुड अभिनेता सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

विहिबार अदालतको आदेशपछि जेल चलान भएका सलमान आजै जेलबाट धरौटीमा रिहा हुने भएका छन् ।

Advertisement

विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल गरेका थिए ।

सलमान खानलाई विहिबार अदालतले सजाय सुनाउनासाथ हिरासतमा लिइएको थियो । उनलाई विहिबार नै हिरासतमा लिएर जेल चलान गरिएको थियो ।

कालो हरिणको शिकार प्रकरणमा दोषी बनाइएका सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई भने आरोपबाट मुक्त गरिएको थियो ।

सन १९९८ मा फिल्म ‘हम साथ साथ है’ को सुटिंगमा क्रममा भएको यो घटनामा सलमानका अलावा सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई पनि दोषी बनाइएको थियो ।

सन १९९८ को अक्टुबर २ तारिखमा सलमानले जोधपुरको कंकाणी गाउँ सहित तीन अलग अलग ठाउमा हरिणको शिकार गरेको आरोप लागेको थियो । सलमानले सो रात दुई कालो हरिणको शिकार गरेको र त्यसका लागि सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमले उनलाई उक्साएको आरोप लगाइएको थियो ।

कालो हरिणको शिकारका अन्य दुई प्रकरण अदालतले सलमानलाई सफाई दिएपनि राजस्थान सरकारद्वारा सलमानलाई दिइएको ५ बर्ष र एक बर्षको सजाय माफीको फैसलाविरुद्ध भारतको सर्वोच्च अदालतमा अपिल गरेको छ ।

More News last news
Loading...