नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अनौपचारिक भेटवार्ता भएको छ।
ओली र मोदीबीच एक्ला–एक्लै ु’वान टु वान’ भेटवार्ता भए पनि दिल्लीस्थित नेपाली दूतावासले ओली र मोदीको भेटलार्इ अनौपचारिक भनेको छ।
ओली र मोदीबीच भोलि ९शनिवार० मात्रै औपचारिक रूपमा प्रतिनिधिमण्डलस्तरमा र एक्ला–एक्लै भेटवार्ता हुने दूतावासले जनाएको छ।
दिल्लीको लोककल्याण मार्गस्थित सरकारी निवासमा ओली र मोदीबीच भेटावार्ता भएको हो।
दुवै प्रधानमन्त्रीको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
