पोखरामा घुस लिँदै गर्दा जिल्ला शिक्षा कार्यालयका २ प्राविधिक पक्राउ

पोखरा । कास्कीको मादी गाँउपालिकाका दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिदै गरेका जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना प्राविधिक घुस सहित पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोप्य सुचनाको आधारमा पोखराको एक रेष्टुरेण्टबाट घुस लिदै गर्दा जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिकलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

Advertisement

पक्राउ पर्ने प्राविधिकमा ईञ्जिनियर छबिन्द्रबिक्रम खाँड र ई। प्रदीपकुमार बानियाँ रहेका छन । उनीहरु हाल अख्तियारको नियन्त्रणमा रहेका छन् । उनीहरु माथि आवश्यक छानविन समेत भईरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।

मादी गाँउपालिकाका प्रभात आधारभूत र नारायण आधारभुत बिद्यालयको भवन निमार्ण पश्चात जिल्ला शिक्षा कार्यालयका प्राविधिकले घुस मागेको बताइन्छ ।

बिद्यालय भवन निर्माण कार्य सकिए पछि प्राविधिकको अन्तिम विल भरपाई समेत पेश गर्नु पर्ने भएकोले गर्दा उक्त विल भरपाइकोलाई प्राविधिकले एक लाख रुपैया घुस मागेको श्रोतले बताएको छ।

More News last news
Loading...