कविराज खनाल/नयाँ पुस्ता
लेखनाथ । नव वर्षमा ‘‘वेगनास जाऔं, माछाका परिकारमा रमाऔ‘‘ भन्ने मुलनारा सहित विगत ३ वर्ष देखी संचालन हुँदै आएको चौथो वेगनास फिस फेष्टिवलको वारेमा जानकारी दिन एक कार्यक्रमका विच विहिवार पत्रकार सम्मेलन गरीएको हो ।
होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथको आयोजना, वेगनास ढुङ्गा व्यवसायी समिति, वेगनासताल वस संचालन समिति तथा बेगनासताल बजार व्यवस्थापन समितिको सह आयोजनामा र विषेश सहयोगमा वेगनास युवा क्लव र वेगनासताल महिला समुह सहयोगी संस्थाहरुमा पोखरा लेखनाथ महानगरापालिका, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल पर्यटन वोर्ड, कृषि विभाग, मत्स्य अनुसन्धान केन्द्र वेगनास, वेगनास मत्स्य व्यवसायी समिति, पिप्ले महिला समुह, सिड फाउण्डेसन लगायतका संस्थाहरु सहयोगी रहेका छन् ।
महोत्सवको मुख्य उदेश्य सात तालको वगैचा शहरको रुपमा परिचित यस वेगनास क्षेत्र पर्यटकीय स्थलहरुको प्रचार प्रसार, आन्तरीक तथा वाह्य पर्यटनलाई प्रर्बद्धन गर्ने, यस क्षेत्रमा पाईने माछाहरुको संरक्षण र जानकारी दिने, मह, कफी जडिवुटीहरुको व्यापक प्रचार प्रसार गर्ने र सवै सामाजिक संघ संस्थाहरुलाई एकतावद्ध गराई सहकार्य गर्न अभिप्रेरित गर्ने फिस फेस्टिवलको उद्देश्य रहेको प्रचार प्रसार उपसमितिका संयोजक दामोदरभक्त थापाले पत्रकार संम्मेलनमा जानकारी दिए।
फिस फेस्टिवलमा मोटरवोटमा ताल शयर तथा वराह मन्दिर दर्शन, माछा पाल्ने किसानहरुको लागि माछा रोग शिविर तथा पानी जाँच्ने कार्यक्रम, माछा, मह तथा कफी प्रर्दशनी तथा विक्रि, हेलिकप्टरबाट सात ताल तथा आसपासका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने पाइने, जडीबुटि प्रर्दशनी तथा विक्री, भेष भुषा तथा झाँकी प्रदर्शनी, महिला तथा पुरुष खुल्ला डुंगाा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, साँस्कृतिक कार्यक्रम लगायत दर्जनौ कार्यत्र mम फेस्टिवलका मुख्य आकर्षकका रुपमा रहने छन् ।
फेस्टिवलमा २५ वटा स्टल रहने छन भने करीव ७० हजार दर्शकले फेस्टिवलमा प्रत्यक्ष अवलोकन गर्ने र ४० लाखको आर्थिक कारोवार भई फेस्टिवल संचालनका लागि करिव १६ लाख खर्च हुने र करिव १७ लाख आम्दानी हुने आयोजकले जनाएको छ ।
फेस्टिवलको अन्तिम तयारी कार्य सवै पुरा भएको र फेस्टिवल यहि चैत २९ गते देखि २०७५ साल वैशाख १ गते सम्म चल्ने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
