कविराज खनाल
पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ स्थित मजुवाको साततरे खयरघारीमा जलाएर फालेको अवस्थामा अज्ञात एक व्यत्तिको शव फेला परेको छ।
अन्दाजी करीब २२ वर्षीय पुरुषको मृत शव खयरको फेदमा आगो लगाएर मारिएको अवस्थामा शुक्रबार बिहान ११ बजेको समयमा स्थानीय गोठालाले भेट्टाएका हुन्।
जलेको शवलाई थप अनुसन्धानका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको डाँडाको नाक प्रहरी कर्यालयले जानाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
