प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा बरिष्ठ मन्त्री सिंहद्धारा स्वागत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली सवार नेपाल एयरलाइन्सको जहाज १०।१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

Advertisement

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । ओली नेपालबाट ५४ सदस्यीय जम्बो टोली लिएर भारत प्रस्थान गरेका हुन् ।

More News last news
Loading...