कविराज खनाल
लेखनाथ । लायन्स क्लव अफ लेखनाथ ७ लेक सिटीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयलाई सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले विहिवार एक समारोहका विच एक स्थान कम्प्युटर र शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक गर्भनर एम जे एफ लायन धनराज आचार्यले क्लवको पढाऔं अभियान अन्र्तगत सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर उकास्न, सुचना प्रविधिको युगमा सहयोग गरीएको कम्प्युटरले पक्कै पनि यस विद्यालयका शिक्षक, विद्यार्थीहरुको ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने कुरामा जोड दिएका थिए।

लायन्स क्लव अफ लेखनाथ ७ लेक सिटीका अध्यक्ष लायन शिवप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटी अर्घौ उप– शाखाका सभापति खगेन्द्रराज आचार्य, लायन जिएमटी को अर्डिनेटर सुदिपराज ढुङ्गाना, कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयका अध्यक्ष ज्ञानेन्द्र पौडेल, लायन तोयानाथ अधिकारी लगायतले विद्यार्थीहरुको ज्ञान अभिवृद्धि हुने कुरामा जोड दिएका थिए।
सोही अवसरमा क्लवको पढाऔं अभियान अन्र्तगत अक्षय कोष निर्माण र लायन्सको सामुदायिक क्षेत्रमा उल्लेखनीय सहयोग गर्ने उद्देश्यले लायन्स क्लव अफ लेखनाथ ७ लेक सिटीका अध्यक्ष लायन शिवप्रसाद भण्डारीले रु. ५५ हजार ५ सय ५५ र अमर ज्योति आधारभुत विद्यालयका अध्यक्ष एवं क्लवका प्रथम उपाध्यक्ष लायन बद्रिनाथ भण्डारीले रु. ५५ हजार ५ सय ५५ को चेक प्रमुख अतिथि डिस्ट्रीक गर्भनर एम जे एफ लायन धनराज आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
जोन चेयर प्रसन लायन अशोक वरालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा क्लवका सचिव लायन सुर्यप्रकाश ढुङ्गानाले गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
