कविराज खनाल
लेखनाथ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ र ३० मा रहेको नेपाल रेडक्रस सोसाइटी शिशुवा उप–शाखा कास्कीको आयोजनामा नव वर्ष धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञ हुने जानकारी आज पत्रकार सम्मेलनमा जनाइएको छ।
पत्रकार संम्मेलनमा महायज्ञका प्रचार प्रसार संयोजक दिपकराम ढेवाँजुले नववर्ष धार्मिक महोत्सव वारे जानकारी दिदै नेपाल रेडक्रसको रजत जयन्तीको पुर्व सन्ध्या र नव वर्ष २०७५ सालको पुनीत अवसरमा रेडक्रस वहुउद्देश्यीय भवन निर्माणका लागि पावर हाउस स्थित वडा कार्यालयको प्राङ्गणमान ‘‘धार्मिक तथा अत्यामिक चिन्तन राष्ट्र शान्ति र समाज विकास‘‘ भन्ने मुलनाराका साथ लेखनाथ नव वर्ष धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञ यहि २०७४ साल चैत्र २८ गते देखि २०७५ साल वैशाख ५ गते गते ७ दिन सम्म सञ्चालन हुने जानकारी दिएका थिए।
त्यसैगरी महायज्ञ मुल आयोजक समितिका संयोजक विश्वमोहन पौडेलले महायज्ञको सवै तयारी पुरा भइसकेको जानकारी दिदै ७ दिन सम्म चल्ले महायज्ञमा करीव ६० लाख संकलन भई १० लाख खर्च भई करीव ५० लाख रुपैया वचत हुने जानकारी समेत दिएका थिए।
महायज्ञ मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता, विश्वव्यापकताा लागि र पवित्र संस्था नेपाल सेडक्रस सोसाइटीको भवन निमार्णका लागि भन्दै भाववत रसिक युवा पण्डित श्री ऋषिराम शास्त्रीेले महायज्ञ अवधिभर हरेक दिन, सामुहिक तुलादान, सामुहिक वर्तवन्ध, ग्रह शान्ति, विश्व शान्ति, सामुहिक चौसारी पुजा, र लाख लक्ष्यवर्ती द्धिप प्रजनन, दिन सामुहिक कालसर्प योग शान्ति, पृतु मोक्क्ष १००८ शालिग्राम परिक्रमा र बिहान ११ बजेदेखि कथा वाचन, सांस्कृतिक कार्यक्रम सहित साँझमा महात्म्य भजन किर्तन हुने बताए।
पत्रकार सम्मेलनमा महायज्ञको कलश यात्राको लागि सवै भक्तजनलाई यहि चैत २८ गते विहान ठिक ७ बजे कलश यात्रामा सामेल हुनको लागि आब्हान समेत गरीएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
