मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता बढाउदै केआई नेपाल

काठमाडौँ । मानव बेचविखनको स्वरुप परीवर्तन हुँदै गएपछि लामो समयदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्दै काएको सामाजिक संस्था के.आई. नेपालले पनि आफ्नो सक्रियता बढाएको छ।

मानव बेचविखनका घटना रोक्न के. आई. नेपालले यतिबेला नेपाल भारत सीमानाकामा निगरानी बढाउनुका साथै सूचना सम्प्रेषण, परामर्श लगायतका कामलाई अझ बढी तिब्रता दिइएको उक्त संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए।

Advertisement

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार गठन हुने मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिमा विगत १० वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्दै आएको यो संख्याले भारतलगायत तेस्रो मुलुकमा विभिन्न बहानामा तथा रोजगारीको शिलशिलामा अलपत्र परेका महिला तथा बालबालिकाको उद्धार तथा पुनस्र्थापना गरी सुरक्षित आवास र सीप विकास तालिम प्रदान गर्दै आएको छ।

केही दिनअघि मात्रै सरकारले यो संस्थालाई राष्ट्रिय समितिको सदस्यमा मनोनयन गरेको थियो।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था वा व्यक्तिमध्येबाट राष्ट्रिय समितिको ३ सदस्यमा के. आई. नेपाललाई मनोनयन गरिएको हो।

More News last news
Loading...