भारतीय वेश्यालयमा बाहिरबाट ताला लगार्इ लुकाइ राखेका पाँच नेपाली चेलीको उद्धार

नयाँदिल्ली । भारतको आगरास्थित एक वेश्यालयबाट भारतीय प्रहरीले यौन कार्यमा संलग्न पाँच नेपाली महिलाहरूलाई उद्धार गरेको छ ।प्रहरीले छापामारेर तीन नेपाली महिला र युवतीहरूको उद्धार गरेको बताइएको छ । छापामार्ने क्रममा प्रहरीले नौजना महिलाको उद्धार गरेको थियो ।

उद्धार गरिएका किशोरीहरूलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको जनाएको छ । कोठी संचालकलाई पनि पक्राउ गरिएको छ ।कोठी सञ्चालकले बाहिरबाट ताला लगाएर युवतीहरूलाई लुकाइ राखेका थिए ।

Advertisement

प्रहरीले ताला फोडेर ती युवती र महिलाहरूको उद्धार गरेको भारतिय मिडियाले जनाएका छन् ।युवती र महिलाहरूको उद्धार कार्यमा माइती नेपालले पनि आगराको स्थानीय प्रहरीलाई सूचना दिएको जनाइएको छ ।

More News last news
Loading...