एआईजीको श्रीमती बनेर सेनाकै कर्मचारीमाथि ठगी

काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमति बताएर नेपाली सेनाका बहालवाला कर्मचारीलाई ठग्ने युवती पक्राउ परेकी छिन्।

सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा आफूलाई एआईजीको श्रीमति बनाउने तनहुँकी ४० वर्षीय यमुना खड्का, सेनाको बहालवाला जर्नेलको पिए भएको बताउने लमजुङकी २८ वर्षीय मोहन दुरा र कास्कीका ३९ वर्षीय रमेश कुमाल रहेका छन्।

उनीहरुले राष्ट्रिय अनुसन्धान विभागका सिपाहीका लागि प्रति व्यक्ति दुई लाख रुपैयाँ, सेनाको सेकेण्ड लेफ्टिनेन्टका लागि ७ लाख रुपैयाँ, शान्ति सेनामा पठाउनका लागि दुई लाख तथा पोल्याण्ड लगायतका अन्य देश पठाउनका लागि १ लाख ५० हजार रुपैयाँका दरले रकम असुल्ने गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 

More News last news
Loading...