राष्ट्रिय दल बन्न नसकेका पार्टी संगठन सुदृढीकरणमा

काठमाडौँ । निर्वाचन कानूनमा तीन प्रतिशत थ्रेस होल्ड व्यवस्था गरेपछि अहिलेको संघीय संसदमा धेरै दलको अस्तित्व संकटमा परेको छ। तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि प्रतिनिधिसभामा सहभागी १८ मध्ये पाँच दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए।

राष्ट्रिय दलको मान्यता पाउन नसकेका तर मुलुकभर संगठन रहेका पार्टी संगठन सुदृढीकरणमा लागेका छन्। राप्रपाले संगठन सुदृढीकरणको रोडम्याप तय गर्न आगामी वैशाख ७, ८ र ९ गते वीरगन्जमा केन्द्रीय परिषद् बैठक बोलाएको छ।

Advertisement

नयाँ उदाएका तर राष्ट्रिय दलको मान्यता पाउन चुकेका नयाँ शक्ति र विवेकशील साझा पार्टी संगठन सुदृढीकरणमा व्यस्त छन्। विवेकशीलले केही दिनअघि मात्र केन्द्रका १२ विभाग गठन र तीनवटा प्रदेशमा प्रदेश समिति निर्माण गरेको छ।

नयाँ शक्तिले पनि केन्द्रका र प्रदेशका विभाग गठन गरी उनीहरुलाई सांगठनिक प्रशिक्षण दिइरहेको बताएको छ।

 

More News last news
Loading...