पाँचथरमा आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

पाँचथर । आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

पाँचथर जिल्लाका ५८ बर्षिय एक पुरुषले आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई गत ०७४ पौष १ गते देखी जबरजस्ती करणी गरी गर्दे आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो।

Advertisement

उनलाई कसैलाई भनेमा मारीदिने धाकधम्की दिई त्रासमा पारी जबरजस्ती करणी गर्दै आएको भन्ने खबर पाई पिडकलाई पक्राउ गरीएको जिल प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमलेब बताउनुभयो।

कानुनी कार्बाहीका लागी सोमबार पक्राउ गरी आज पाँचथर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ भने पिडितलाई उद्धार गरी सुरक्षित आवास गृहमा राखिएको प्रहरीले जनाएको छ।

More News last news
Loading...