रक्सीले मातेर प्रहरीलाई नै खुकुरी प्रहार

झापा । झापाको भद्रपुर नगरपालिका–४ पुरी चोकमा मंगलबार बेलुका रक्सीले मातेका युवकले खुकुरीले हान्दा गस्तीमा रहेका दुई प्रहरी घाइते भएका छन्।

घाइते हुनेमा प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआलीका प्रहरी जवान पुण्यप्रसाद पोखरेल रहेका छन्।

Advertisement

गाउँमा गस्ती जाने क्रममा त्यसै ठाउँका रक्सीले मातेका ३५ वर्षीय सुवास राईले उनीहरुमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीले लागेर घाइते भएका दुवै प्रहरीको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको र खुकुरी हान्नेलाई वडा प्रहरी कर्यालय भद्रपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

More News last news
Loading...