नयाँ दिल्ली । गायिका जलजला परियारको सफल मृगौला प्रत्यारोपण भएको छ।
दुबै मृगौलामा खराबी देखिएपछि लामो समयदेखि काठमाडौँको शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी परियारको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा सफल मृगौला प्रत्यारोपण गरिएको हो। उनलाई आमा जुना परियारले मृगौला दिएकी हुन्।
शल्यक्रियापछि अहिले आमा, छोरी दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। डाक्टर सन्दिप गुलरियाको टिमले गायिका जलजलालाई नयाँ जीवन दिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
