पोखरा विश्व विद्यालयमा स्ववियु निर्वाचन, बाम गठबन्धन टुट्यो, नेविसंघलाई फार्इदा

पोखरा । पोखरा विश्वविधालयमा पहिलो पटक हुनलागेको स्ववियु चुनावमा वाम गठबन्धन भागबन्डा नमिलेको कारण टुटेका छन्। प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर पार्टी एकता गर्ने सम्म सहमति एमाले र माओवादी केन्द्रका गरेका छन्।

तर दुई पार्टीका विधार्थी संगठनबीच भागबन्डाकै कारण स्ववियु चुनावमा भने अलग भएको हो।

Advertisement

दुवै पार्टीका विधार्थी संगठनबीच संयुक्त रूपमा चुनाव लड्ने प्रयास भए पनि भागबन्डा नमिलेको कारण एक्ला एकलै प्रतिस्प्रधामा उत्त्रिने भएका छन् । चैत २१ गने हुने निर्वाचनमा अन्तिम सम्म छलफल गर्दा पनि कुरो नमिलेपछि एकल रूपमै उम्मेदवारी दर्ता गराएका छन्।

स्ववियु निर्वाचनमा ११ सदस्यीयमा भाग लिन ५४ जनाले विभिन्न पदका लागि उमेदवारी दर्ता गरेका छन्।

चुनावका लागि नेविसंघ, अनेरास्ववियु, क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र स्वतन्त्रले सिंगल प्यानल दर्ता गराए।

जस मध्ये ५ प्यानलबाट ४३ जना र ११ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए । अनेरास्ववियु र समाजवादी फोरमबिच समानुपातिक सहसचिव, १ प्रत्यक्षर १ समानुपातिक सदस्य समाजवादी विद्यार्थी फोरमलाई दिनेगरी सहमति भएका छन्।

More News last news
Loading...