बुद्धिमान वली
रोल्पा । रोल्पामा आठ केजी चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय घर्तिगाउ रोल्पाका निमत्त प्रमुख, प्रहरी नायव निरिक्षक दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा आठ किलो चरेशसहित थवाङ गाउपालिका वडा नं. २ ठुलोगाउका रामप्यारी झार्की मगरलाइ घर्तिगाउबाट पक्राउ गरेको हो ।
थवाङबाट दाङको घोराही जादै गरको ना ३ ख ५६४४ नम्बरको बसको डिक्कीमा लुकाइ छिपाइ लादैगर्दा माडी २ घर्तिगाउमा रहेको प्रहरी चेक पोष्टमा खटिएका प्रहरीको चेकजाचका क्रममा फेला पारिएको इलाका प्रहरी कार्यालय घर्तिगाउ रोल्पाले जनाएको छ।
प्रकाउ परेका झार्की मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
