एकै पटक १३७२ रोबोटको ‘डान्स’, बन्यो ‘वर्ल्ड रेकर्ड’ (भिडियोसहित)

इटली । इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले संगीतको धुनमा एकै पटक नाचेर गिनिज बुक अफ् वर्ल्ड रेकर्ड कायम गरेका छन् ।

सन् २०१६ देखि विभिन्न कम्पनीले नृत्य गर्ने रोबोटको टिम तयार पारिरहेका छन् । कम्पनी यस्ता रोबोटलाई एकैसाथ नृत्य गराएर वर्ल्ड रेकर्ड कायम गर्ने होडमा रहेका छन् ।

Advertisement

गएको वर्षको अगस्टमा चीनमा १०६९ डोबी रोबोटद्वारा विश्व रेकर्ड कायम भएको थियो । अब यो संख्या बढेर १३७२ पुगेको छ । यो रेकर्ड अल्फा वान एस रोबोटको टिमले कायम गरेको हो । आल्मुनियमबाट निर्मित यी रोबोटको उचाइ ४० सेन्टिमिटर रहेको छ ।

राेबाेटकाे डान्स भिडियाेमा हेर्नुस :

 

More News last news
Loading...