मलेसियन रिंगिट केही बढ्यो, रियाल, दिर्हाम र दिनारको मूल्य स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र विक्रिदर २७ रुपैयाँ ०७ रहेको छ।

Advertisement

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र विक्रिदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ८९ पैसा रहेको छ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ७७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

More News last news
Loading...