डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडौं । एपेक्स बैंक घोटाला प्रकरणमा राष्ट्र बैंककै मिलेमतो रहेको खुलासा भएको छ।

समाचारमा राष्ट्रबैंकका गर्भनर चिरञ्जिवि नेपालको भूमिका माथि प्रश्न उठाउँदै भनिएको छ–राष्ट्र बैंकको प्रतिवेदनले २ माघ २०७३ मै कारबाही सिफारिश गरेपनि १२ बैंशाख ०७४ सम्म गर्भनर नेपाल मौन बसे।

Advertisement

किनकी बैंकका तत्कालिन अध्यक्ष विष्णु धितालले राजनीतिक मात्र होइन, गर्भनर नेपालको संरक्षण पनि सुनिश्चित गरिसकेका थिए।

त्यसैले कारबाहीमा आलटाल गर्ने मनसायका साथ राष्ट्र बैंकले एपेक्स कर्जा प्रवाहमा अनियमितता भए– नभएको अनुसन्धान गर्न ५ सदस्सीय निरीक्षण टोली बनायो।

१२ बैशाखमा काम थालेको टोलीले १६ असारमा प्रतिवेदन तयार पार्यो , जसमा भनिएको थियो, ‘ एपेक्सको दुई अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाहमा अनियमितता देखिएको छ।’ तर दोषीलाई नेपालले संरक्षण दिइरहे। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

More News last news
Loading...