काठमाडौं । विश्वकै पहिलो नागरिकताधारी पाएकी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ।
आधिकारिक रुपमा साउदी अरेवियाको नागरिकता पाएको उनलाई संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार नेपाल ल्याउन लागिएको हो।
साउदीले नागरिकता दिएको भएपनि सोफियालाई हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो। मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ।
हृयानसन रोबोटिक्सको यो रोबोटले रियादमा भइरहेको फ्यूचर इन्भेस्टमेन्ट नामको एउटा सम्मेलनमा उद्घोषकको रुपमा काम समेत गरिसकेको छ । रोबोट सोफिया मानिसहरुका बीचमा उनीहरुजस्तै रहने गरी बनाइएको छ।
यो रोबोट मानिसको अनुहारमा आउने भाव बुझ्न सक्ने र मानिसहरुसँग सामान्य कुराकानी गर्न सक्नेगरी बनाइएकोले निकै लोकप्रिय पनि छ। यसले थुप्रै मिडियामा अन्तर्वार्ता पनि दिइसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
