काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका-८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, पत्नीका नाममा मोरङमा सात कित्ता जग्गा र पत्नीका नाममा खोटाङमा जग्गा भएको जानकारी दिए।
उनीसँग ३० तोला सुन र विभिन्न संस्थाको रु १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग रु ४० लाख र अन्य बैंकसँग रु ३० लाख ऋण छ।
उनकी पत्नी राई प्रदेशसभा सदस्य हुन्। उनका एक एक गाडी र मोटरसाइकल तथा दुई थान ल्यापटप छन्। मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
