यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो, विमानस्थल ठप्प

काठमाडौं । भैरहवा विमानस्थलमा यती एयरलाईन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको उक्त विमान गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि जहाज धावनमार्गको बिचमा रोकिएको छ।

Advertisement

जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ। विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।

More News last news
Loading...