आमिर खानको सफलताको रहस्य के हो ?

एजेन्सी । मिस्टर पर्फेक्सनिस्टको छवी बनाएका आमिर खान सफल भारतीय अभिनेता हुन्। कम फिल्ममा अभिनय गर्ने आमिरका फिल्म उत्कृष्ठ हुने गरेको छ । उनीले यो सफलता कसरी प्राप्त गरे ?

धेरैवटा फिल्म र टेलिभिजन कार्यक्रमसमेत गरेका आमिर पछिल्ला दिन ठग्स अफ हिन्दूस्तानको शुटिङमा व्यस्त छन्।

Advertisement

दंगलमा आमिरले पहलमान महावीर फोगटका छोरीहरूको संघर्षको कथा प्रस्तुत गरे भने एक निजी टिभी च्यानलमा उनले छोरा जस्तै गरी छोरीलाई पनि सफलता दिलाउन प्रयत्न गर्नुपर्ने सोचलाई समर्थन दिए।

उनको सुपरहिट फिल्म थ्री इडियट्सको एक संवाद उनीमाथि फिट लाग्छ स् ‘सक्षम बन, सफलता तिम्रो पछाडि दौडिन्छ।’

आमिर आफैं यति सक्षम छन् कि उनले जे गरे पनि त्यो विशेष बन्न पुग्छ। तर सक्षमता देखाउन पनि प्रमोसन चाहिँ जरूरी हुन्छ भन्ने आमिरलाई थाहा छ।

सन् २०१४ मा पीके फिल्ममार्फत धार्मिक अन्धविश्वासमाथि प्रहार गरेका आमिर त्यसपछि निष्क्रिय देखिन्थे। तर हरियाणाका साना शहरहरूमा टाकनटुकन हरियाणवी बोल्दै गरेका भेटिए उनी। दंगलका लागि तयारी पो गर्दै रहेछन्।

खासमा आमिर खानको सक्रियतामा नै उनको सफलताको रहस्य लुकेको छ। यही सक्रियतालाई बलिउडमा प्रचारप्रसारको फन्डा मानिन्छ । यसमा आमिर पर्फेक्ट छन्।

फिल्म प्रमोसनका दाउपेचमा आमिरलाई गहन विश्वास छ र यसका लागि उनी कुनै पनि हदसम्म पुग्न सक्छन्। हर फिल्मका लागि उनी फरक फरक रणनीति अपनाउँछन्। ती रणनीतिहरू नवीन र प्रभावकारी हुन्छन्।

पीके फिल्मको प्रमोसनका लागि आमिरले भोजपुरी सिकेका थिए । धूम ३ का लागि उनी गायब भएका थिए अनि उनले निर्माण गरेको पीपली लाइभका लागि महंगीबाट समस्यामा परेका जनतासामु महंगाई डायन खात जात भन्ने गीत बजाएका थिए । त्यस्तै गजनी रिलिज हुनुअघि उनले अचम्मको हेयरस्टाइल बनाए र छुरा लिएर बाटोमा फ्यानहरूको कपाल काटे । अनि मंगल पाण्डे फिल्ममा उनले लामालामा जुंगा पाले।

वरिष्ठ फिल्म समीक्षक अजय ब्रह्मात्मज भन्छन्, ‘फिल्म बनाउँदा आमिरको ध्यान मेकिङमा त हुन्छ नै, त्यसभन्दा बढी ध्यान चाहिँ उनी फिल्मको प्रमोसनमा दिन्छन्। आमिरले प्रमोसनका लागि एउटा विशेष टोली बनाएका छन्। त्यसमा मार्केटिङ, मिडिया र रणनीतिज्ञको सहभागिता हुन्छ । आमिरको रणनीतिक सोच नै उनको फिल्मलाई विशेष बनाउन पर्याप्त छन्।’

More News last news
Loading...