३ दिन पहिले खुट्टा भेटियो, आज भेटियो शरीर, टाउको र हात अझै बेपत्ता

काठमाडौँ । एक हत्याराले आफ्नो कर्तुत लुकाउन निकै क्रुर तरिका अपनाएको भेटिएको छ।

ती हत्याराले एक महिलाको शवलाई टुक्रा टुक्रा पारेर फालेको पाइएको छ। बुधबार प्रहरीले महिलाको खुट्टा भेटेको थियो।

Advertisement

आज महिलाको शरीर भेटिएको छ। भेटिएको शरीरबाट शरीरबाट खुट्टा टाउको र हात काटिएको छ। पहिले भेटिएको खुट्टा र आज भेटिएको शरीर एकै महिलाको भएको आशंका गरिएको छ। टाउको र हातको खोजी भइरहेको छ।

प्लाष्टिकमा पोको पारेर फालिएको अवस्थामा महिलाको शरीर भेटिएको हो। बुधबार प्रहरीले महिलाको काटिएको खुट्टा भेटिएपछि घण्टौंसम्म सर्च अपरेशन गरेपनि कुनै सुराग भेटिएको थिएन।

साँझ त्यही स्थानबाट १०० मिटर दूरीमा बाँकी केही अंग भेटिएको थियो। प्रहरीले महिलाको हत्या अन्यत्रै भएको आशंका गर्दै अनुसन्धान अघि बढाइरहेका बेला बाँकी शरीर फेला परेको हो।

भारतको हरियाणा राज्यको पलवल जिल्लामा घटना भएको हो ।

More News last news
Loading...