आँखा झिम्क्याएर फेसबुकका मालिकलार्इ जितिन् प्रियाप्रकाशले

आँखा झिम्क्याएको २६ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा आएपछि रातारात चर्चित सेलिब्रेटी बनिन्, प्रियाप्रकाश वारियर।

उनी अधिकांश युवाको ‘ड्रिम गर्ल’ बनिन्। उक्त भिडियोले केही समयमै उनलाई बलिउड सेलिब्रेटीहरूको दाँजोमा पु-याइदियो।

Advertisement

उनी अहिले फेरि चर्चामा आएकी छन्। अहिले उनी नयाँ फोटोसुटका कारण चर्चामा आएकी हुन्। गुलाबी गाउनमा सजिएकी उनी सुन्दर देखिएकी छिन्।

उनको चौतर्फी प्रशंसा भइरहेको छ। यो फोटोसुट उनले एक कपडा ब्रान्डका लागि गरेकी हुन्। उक्त फोटोहरू सामाजिक सञ्जालमा आएपछि उनी फेरि एकाएक चर्चामा आएकी हुन्।

यसपछि उनीबारे अनेक आकलन हुन थालेको छ। सायद, उनलाई बलिउडमा डेब्यु गर्न पनि खासै धेरै समय कुर्नुपर्ने छैन।

उनीबारे चलेका अनेक बहसमध्ये एक हो, स्टार रणवीर सिंहको साथमा नयाँ फिल्म ‘सिम्बा’बाट डेब्यु गर्न सक्ने। तर, यसबारे आधिकारिक घोषणा भने भइसकेको छैन।

उनको मलायालम भाषाको डेब्यु चलचित्र ‘ओरु अद्दार लभ’को टिजर पनि सार्वजनिक भइसकेको छ। पहिले यो फिल्म ३ मार्चमा रिलिज हुने तय भएको थियो। तर ,विभिन्न हल्लाका कारण उनको फिल्म १४ जुन २०१८ मा रिलिज हुन सक्ने सम्भावना छ।

उनी मात्र १८ वर्षकी भइन्। उनकी आमा प्रिथाका अनुसार अहिलेसम्म उनी एउटा ¥याम्प सोमा मात्र देखिएकी छिन् भने एउटा मात्रै फोटोसुट गराएकी छिन्।

उनकी आमा प्रिथाले भास्कर डटकमसँग बोल्दै भनिन्, ‘प्रियाले आफ्नो फोटो अहिलेसम्म फोटोग्राफरबाट लिएकी छैनन्। फोटोग्राफर आफैँ आफैँले उनको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।’

उक्त भिडियोको कारण प्रियाको चर्चा यति चुलियो कि उनले इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गलाई समेत इन्स्टाग्राममा पछाडि पारिन्। मार्क जुकरबर्गको इन्स्टाग्राममा ४.१ मिलियन फलोअर्स छन् भने प्रियाको ५ मिलियन नाघिसकेको छ।

More News last news
Loading...